काठमाण्डु- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संघ र प्रदेशको चुनाव मंसिरमा हुने बताएका छन् ।
सोमबारबाट काठमाण्डुमा शुरू भएको केन्द्रीय परिषद्को पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले संसदीय चुनाव मंसिरमा हुने दावी गरेका हुन् । उनले निर्वाचनमा अरुमाथि भरोसा नगर्न पनि आग्रह गरे ।
‘अरूमाथि भरोसा गरेर चल्ने होइन, आफैैं तयारी गर्ने हो । १६५ संघीय र ३३० वटै प्रदेश सभा सदस्यका लागि ठोस् जिम्मेवारी दिनैपर्छ । तयारी अहिलेदेखि नै गर्नुपर्छ ।, उनले भने ।
त्यसैगरी उनले कार्यकर्तालाई पार्टीको नीति र कलमको प्रचारमा जुट्न निर्देशनसमेत दिएका छन् । निर्वाचनमा धेरैभन्दा धेरै मत ल्याउन वडा र पालिकाबाट पार्टीलाई सशक्त बनाउनुपर्ने उनको भनाई छ । अध्यक्ष नेपालले स्थानीय तहको निर्वाचनमा हालको पाँच दलीय गठबन्धनले आफूहरुलाई कतिपय ठाउँमा धोका दिएको पनि उल्लेख गरेका छन् ।




प्रतिक्रिया