तालिबानका सर्वोच्च नेता अफगान महासभामा सहभागी


एजेन्सी – तालिबान प्रशासनका सर्वोच्च नेता हैबतुल्लाह अखुन्दजादा शुक्रबार अफगानिस्तानको जिर्गा वा धार्मिक विद्वान र एल्डरहरूको महासभामा भाग लिएका छन्।स्थानीय सञ्चारमाध्यमका अनुसार तालिबानका सर्वोच्च नेताले सहभागीहरूलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

बिहीबार शुरु भएको तीन दिनसम्म चल्ने सम्मेलनमा सहभागी हुन युद्धग्रस्त देशका करिब ३ हजार ५ सय उलेमा (धार्मिक विद्वान्) लाई निमन्त्रणा गरिएको सरकारी समाचार संस्था बख्तरले जनाएको छ ।

जिरगाका सहभागीहरूले कक्षा ७ देखि १२ कक्षासम्मका छात्राका लागि विद्यालय पुनः सञ्चालन गर्ने राष्ट्रिय झण्डा र राष्ट्रिय गानलगायतका विषयमा छलफल गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement