काठमाण्डु – नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओ विद्यार्थीलाई खाना खुवाएका छन् ।
सोमबार बिहान काठमाण्डु दरबार छेउमै रहेको शान्ति निकुञ्ज माध्यमिक विद्यालयमा ‘लन्च सेरेमोनी अफ नेपाल स्माइलिङ चिल्ड्रेन प्रोजेक्ट’ कार्यक्रमको उद्घाटन गर्न पुगेका उनले विद्यार्थीहरुलाई आफ्नै हातले पस्केर खाना खुवाएका हुन् ।
सो क्रममा उनले चिनियाँ बालबालिका र नेपाली बालबालिकालाई साथी बनाउने आफ्नो इच्छा रहेको सुनाएका थिए । कार्यक्रममा उनीसँगै ऊर्जामन्त्री पम्फा भुसाल पनि त्यहाँ पुगेकी थिइन् ।




प्रतिक्रिया