प्रधानमन्त्री जोनसनविरुद्ध अविश्वासको प्रस्ताव पेस गर्ने तयारी

प्रधानमन्त्री जोनसनविरुद्ध अविश्वासको प्रस्ताव पेस गर्ने तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – बेलायतको मुख्य विपक्षी लेबर पार्टीले प्रधानमन्त्री बोरिस जोनसनविरुद्ध अविश्वासको प्रस्ताव पेस गर्ने तयारी गरेको छ । प्रस्तावमाथि बधबार मतदान हुने अपेक्षा गरिएको छ ।

अविश्वासको प्रस्तावको अर्थ संसदमा प्रतिनिधित्व गर्ने सबै दलका सांसदहरूले तत्कालका लागि जोनसन नेतृत्वको वर्तमान सरकारलाई निरन्तरता दिने वा नदिने भन्ने बारेमा मतदान गर्नेछन् ।

सरकारले विश्वास गुमाएमा चुनावमा जाने सम्भावना पनि हुन्छ । एक साताअघि प्रधानमन्त्रीले कन्जरभेटिभ पार्टीको संसदीय दलको नेताबाट राजीनामा दिएका थिए । अर्कोए नेता चयन नहुन्जेल उनी प्रधानमन्त्रीमा रहने बताउँदै आएका छन् ।

प्रधानमन्त्रीले राष्ट्रिय हित विपरित काम गरेको र यौन दुव्र्यवहारका ओरोपित सांसदलाई संरक्षण गरेको भन्दै गत साता उनको मन्त्रीमन्डलका ४० भन्दा बढी मन्त्री र सहयोगीले राजीनामा दिएका थिए ।