काठमाण्डु- जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले जडिबुटीस्थित रोयल जडिबुटी ब्याङक्वेटमा सुरू भएको आफूपक्षीय भेलामा राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।
अध्यक्ष भट्टराईले पार्टीमा मुख्य ६ समस्या देखिएको भन्दै अध्यक्ष उपेन्द्र यादवको आलोचना गरेका हुन् । बैठकमा पेस गरेको प्रतिवेदनमा उनले पार्टीमा वैचारिक, सांगठनिक, नेतृत्वको मोडालिटीलगायतका विभिन्न ६ वटा समस्या रहेको उल्लेख गरेका छन् । त्यसैगरी बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै भट्टराईले अबको बाटोबारे दुई विकल्प अघि सारेका छन् ।
उनले नयाँ ढंगले वैकल्पिक राजनीतिक शक्ति निर्माणको अभियानलाई अघि बढाउने र दोस्रोमा विचार, नीति, कार्यक्रम मिल्ने निकटतम् शक्तिहरुसंग सहकार्य र एकीकरण गर्दै जाने बताए । अब पार्टी पुनर्गठन अनिवार्य भएको उनको भनाई थियो ।




प्रतिक्रिया