काठमाण्डु – श्रीलंकाका राष्ट्रपति गोताबाय राजपाक्ष देश छाडेर भागेका छन् । मुलुकमा आर्थिक संकटको विषयलाई लिएर चर्किइरहेको आन्दोलनका बीच राजपाक्ष सेनाको विमानबाट मुलुक छाडेर भागेको बीबीसीले जनाएको छ ।
सोमबार राति ३ बजे स्थानीय समयमा उनी माल्दिभ्स पुगेका हुन्। राजपाक्षको बहिर्गमनसँगै श्रीलंकामा एक दशकभन्दा लामो समयदेखिको एक परिवारको शासनको पनि अन्त्य भएको छ ।
गत शनिबार प्रदर्शनकारीहरु राष्ट्रपति निवासमा प्रवेश गरेसँगै राजपाक्ष प्रदर्शनकारीबाट लुक्दै आएका थिए । उनले बुधबार राजीनामा दिने घोषणा पनि गरेका थिए । यसअघि श्रीलंकाबाट दुबई भाग्ने प्रयास भने सफल हुन सकेको थिएन ।
राष्ट्रपतिका भाइ तथा अर्थमन्त्री बासिल राजपाक्ष पनि देश छाडेर भागेका छन् । उनी अमेरिका प्रस्थान गरेको समाचारमा बताइएको छ ।




प्रतिक्रिया