उपसभामुखको निर्वाचन शुक्रबार हुने, कुन दलले मार्ला बाजी ?

उपसभामुखको निर्वाचन शुक्रबार हुने, कुन दलले मार्ला बाजी ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – लामो समयदेखि रिक्त रहेको प्रतिनिधिसभाले उपसभामुख पाउने भएको छ । उपसभामुख चयनका लागि आजको संसद बैठकमार्फत सभामुख अग्नि सापकोटाले निर्वाचनको  मिति ताेकेका हुन् ।

उनले असार ३१ गते निर्वाचन गर्ने गरि निर्वाचनको कार्यतालिका प्रकाशन गर्न प्रतिनिधि सभाका सचिव गोपनाथ योगीलाई निर्देशन दिए । तत्कालीन उपसभामुख शिवमाया तुम्बाहम्फेले २०७६ माघमा राजीनामा दिएपछि उपसभामुख पद रिक्त छ ।

उनको राजीनामापछि नयाँ उपसभामुख चयन हुन सकेको थिएन । अहिले सभामुख माओवादीबाट भएका कारण उपसभामुख माओवादीबाहेकका दलबाट चुनिनेछ ।