पाकिस्तानको ७१औँ स्वतन्त्रता दिवस नेपालमा पनि

पाकिस्तानको ७१औँ स्वतन्त्रता दिवस नेपालमा पनि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौंँ – पाकिस्तानको ७१औँ स्वतन्त्रता दिवसका अवसरमा सोमबार काठमाडौंस्थित राजदूतावासमा विशेष समारोह आयोजना गरी उक्त देशको राष्ट्रिय झण्डा फहराइयो ।

नेपालका लागि पाकिस्तानका राजदूत मजहर जाबेदले पाकिस्तानका राष्ट्रपति ममुन हुसेन र प्रधानमन्त्री नसिर उलमुल्कले स्वतन्त्रता दिवसका अवसरमा जारी गरेको शुभकामना सन्देश बाचन गरेका थिए।

समारोहमा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्का )महासचिव अमजद हुसैन बी सियाललगायत कामको सिलसिलामा काठमाडौँमा रहेका पाकिस्तानी नागरिक तथा पाकिस्तानी दूतावासमा कार्यरत कर्मचारीका परिवारको उपस्थिति रहेको थियो ।