एमालेबाट उपसभामुखमा विद्या भट्टराईको उम्मेदवारी दर्ता

एमालेबाट उपसभामुखमा विद्या भट्टराईको उम्मेदवारी दर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभाको उपसभामुखमा विद्या भट्टराईले उम्मेदवारी दर्ता गरेकी छन् ।

यसअघि लोसपाकी उम्मेदवार चन्दा चौधरीलाई सहयोग गर्ने बताएपनि अन्तिममा एमालेले कास्कीबाट निर्वाचित सांसद भट्टराइलाई उम्मेदवार उठाएको हो । भट्टराईले  नेपालको संविधानको धारा ९१ एवम् प्रतिनिधि सभा नियमावली २०७५ बमोजिम  उपसभामुखमा उम्मेदवारी दर्ता गराएकी हुन् ।

उनको प्रस्तावकमा शान्ता चौधरी तथा समर्थकमा कृष्णभक्त पोखरेल रहेका छन् । सत्तारुढ दलतर्फबाट नेपाली काँग्रेसकी पुष्पा भुसालले यसअघि नै उम्मेदवारी दर्ता गरिसकेकी छन् ।

अन्तिम अवस्थामा लोसपा पनि गठबन्धनमा उभिने भएपछि एमालेले आफ्नै उम्मेदवार तयार पारेको बताएको छ । भोलि दिउँसो ३ बजे उपसभामुखको निर्वाचन हुँदैछ । आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयनको समय छ ।