काठमाण्डु- प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले अहिले नेपाल प्रहरीका लागि हतियार नकिन्ने बताएका छन् । बिहीबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा देउवाले सरकारले अहिले नेपाल प्रहरीका लागि हतियार नकिन्ने स्पष्ट पारेका हुन् ।
आज बसेको बैठकमा केन्द्रीय सदस्यहरूले आर्थिक समस्या भएका बेला सरकारले करोडौंका हतियार किन किन्न लागेको भन्दै प्रश्न गरेका थिए । कांग्रेस बैठकमा अर्जुननरसिंह केसी, गोपालमान श्रेष्ठलगायतले हतियार किन्न लागिएको विषयमा प्रश्न गरेपछि देउवाले तत्काल सरकारले नेपाल प्रहरीका लागि हतियार नकिन्ने दावी गरे ।
‘प्रहरीका लागि अहिले हतियार किन्ने कुरा छैन,’ सभापति देउवाले भने । आज बसेका कांग्रेस केन्द्रीय समिति बैठक सकिएको छ । अर्को बैठक शनिबार बस्ने जनाइएको छ ।




प्रतिक्रिया