काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् ।
बैठक केहीबेरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो । नागरिकतालगायत महत्वपूर्ण विधेयकमथि छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्न लागेको स्रोतले जानकारी दियो ।
संसदमा पेश भएका विधेयकहरु पास नगरी निर्वाचनको मिति घोषणा हुने सम्भावना न्यून देखिएपछि देउवाले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका हुन् । प्रतिनिधिसभाको बैठक दिउँसो ३ बजे बस्दैछ । बैठकमा नागरिकता विधेयकमाथि छलफल जारी छ ।




प्रतिक्रिया