नागरिकता संशोधन विधेयक आजै संसदबाट पास गराउने गठबन्धनको निर्णय

नागरिकता संशोधन विधेयक आजै संसदबाट पास गराउने गठबन्धनको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले गैरआवासीय नेपालीलाई नाली नागरिकता दिने गरी नागरिकता संशोधन विधेयक पारित गराउने तयारी गरेको छ ।शुक्रबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले गैरआवासीय नेपालीले नागरिकता पाउने ‘ग्यारेन्टी’ गर्ने गरी संसदबाट विधेयक पारित गर्ने निर्णय गरेको हो ।

नागरिकता संशोधन विधेयक आजै संसद्बाट पास गराउने तथा गैरआवासीय नेपालीलाई नागरिकता उपलब्ध गराउने गरी पास गराउने निर्णय भएको एक नेताले जानकारी दिए । यस्तै, बैठकमा संवैधानिक परिषद्सम्बन्धी विधेयक पनि परिमार्जन गर्ने विषयमा सहमति जुटेको छ ।

६ सदस्यीय परिषद्मा तीनजनाको उपस्थितिमा बैठक गर्न सकिने प्रावधानलाई सच्याएर साबिकबमोजिम नै बनाएर विधेयक अघि बढाउने सहमति भएको स्रोतले जानकारी दियो । त्यसैगरी बैठकले सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगको म्याद थप गर्ने निर्णय गरेको छ ।