काठमाण्डु – वरिष्ठ सामाजिक अभियन्ता तथा बुद्धिजीवी बिधु प्रकाश कायस्थ राष्ट्रिय जनमुक्ति पार्टीमा प्रवेश गरेका छन् ।
केन्द्रीय कार्यलय महाराजगन्जमा आज आयोजित एक कार्यक्रमकाबीच उनलाई संस्थापक अध्यक्ष तथा पूर्वमन्त्री एम.एस थापाले पार्टीमा स्वागत गरेका हुन् । पार्टी अध्यक्ष केपि पालुङ्वाले खादा र कार्यकारी अध्यक्ष केशव सुर्यवंशीले पार्टी दस्तावेज हस्तान्तरण गर्दै कायस्थलाई पार्टीमा स्वागत गरे ।
नवप्रबेशी कास्यथले अवका दिनमा वैकल्पिक शक्तिको रुपमा राष्ट्रिय जनमुक्ति पार्टी नै अगाडि आउने दावी गर्दै आफुले सकेको योगदान गर्न आफू पार्टी प्रवेश गरेको बताए । साथै कायस्थलाई केन्द्रीय तहमा पदाधिकारी हैसियतमा स्थान दिने सहमति भएको छ ।




प्रतिक्रिया