प्रचण्डसँग गृहमन्त्री र कानुनमन्त्रीको भेट, नागरिकता विधेयकबारे छलफल

प्रचण्डसँग गृहमन्त्री र कानुनमन्त्रीको भेट, नागरिकता विधेयकबारे छलफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- गृहमन्त्री बालकृष्ण खाँण र कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

सोमबार बिहान खुमलटार पुगेर गृहमन्त्री खाण र कानुनमन्त्री शर्माले अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका हुन् । उनीहरुबीच सरकारले ल्याउन खोजेको नागरिकता र संसदमा दर्ता भएको संवैधानिक परिषद् विधेयकबारे छलफल भएको जनाइएको छ ।

त्यस्तै छलफलमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका सम्बन्धमा कसरी अगाडि बढ्ने भन्ने सम्बन्धमा पनि कुराकानी भएको थियो ।

जन्मसिद्धको आधारमा नागरिकता लिएकालाई वंशजको नागरिकता दिने विधेयक र बहुमत सदस्यको उपस्थितिमा संवैधानिक निकायमा नियुक्ति गर्न सक्ने प्रावधानसहित दर्ता भएको विधेयकमा कांग्रेस र प्रमुख प्रतिपक्ष दल भित्रबाट नै विरोध भइरहेको छ ।