कांग्रेसले गठन गर्यो तीन समिति, सदस्यता व्यवस्थापन समितिको नेतृत्व गगन थापालाई

कांग्रेसले गठन गर्यो तीन समिति, सदस्यता व्यवस्थापन समितिको नेतृत्व गगन थापालाई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले तीन वटा समिति गठन गरेको छ । आज बसेको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्री गगन थापाको नेतृत्वमा सदस्यता व्यवस्थापन समिति गठन गरेको हो।

अनुशासन समिति गठन गरिएको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बताए । केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाको नेतृत्वमा अनुशासन समिति गठन भएको हो ।

केन्द्रीय सदस्य श्यामकुमार घिमिरेको नेतृत्वमा केन्द्रीय लेखा समिति गठन गर्ने निर्णय भएको प्रवक्ता महतको भनाइ छ । आज ती समितिको नेतृत्व चयन गरिएकाे  हाे  भने बाँकी सदस्यहरू पछि थप गरिने कांग्रेसले जनाएकाे छ ।