रेड हान्न गएका डीएसपीलाई टिपरले किचेर मारियो

रेड हान्न गएका डीएसपीलाई टिपरले किचेर मारियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – भारतको हरियाणामा एक जना डीएसपीलाई टिपर चालकले किचेर मारेका छन् ।

अवैध उत्खन्न भइरहेको मेवात जिल्लाको तवाडुस्थित अरावली पहाड क्षेत्रमा रेड हान्न गएका डीएसपी सुरेन्द्र सिंहलाई टिपर चालकले किचेर मारेका हुन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

डीएसपी सिंहले चालकसँग चेकजाँच गर्ने क्रममा किचेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै समाचार एजेन्सी एनएनआईले उल्लेख गरेको छ ।

‘डीएसपी सिंहले चालकसँग कागजपत्र मागेका थिए । तर चालकले रोक्नुको सट्टा झनै तेज गतिमा गाडी कुदाया । सँगै रहेका दुई जना आफ्नो ज्यान बचाउन सफल भए पनि टिपर चालकले डीएसपी सिंहलाई किच्दै भागेका थिए’ प्रत्यक्षदर्शीले भनेका छन्।