त्रिविमा तत्काल सेवा आयोगमार्फत दरबन्दी पूर्ति गर्न अखिल क्रान्तिकारीको माग

त्रिविमा तत्काल सेवा आयोगमार्फत दरबन्दी पूर्ति गर्न अखिल क्रान्तिकारीको माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी)ले त्रिभुवन विश्वविद्यालयमा आंशिक प्राध्यापकहरुलाई करार गर्ने षड्यन्त्र बन्द गरी तत्काल सेवा आयोग मार्फत दरबन्दी पूर्ति गर्न माग गरेको छ ।

बुधबार जिवप्ति जारी गर्दै त्रिभुवन विश्वविद्यालय क्याम्पस बिशेष समितिका इन्चार्ज गोविन्द विष्टले नेपालको सबैभन्दा ठुलो र पहिलो त्रिभुवन विश्वविद्यालय पछिल्लो समय राजनीतिक भागबण्डाको अखडा बनेको भन्दै तत्काल सेवा आयोगमार्फत दरबन्दी पूर्ति गर्न माग गरेका हुन् ।

अखिल क्रान्तिकारीले राजनीतिक पहुँचका आधारमा भर्ति गरिएका आंशिक प्राध्यापकहरुलाई करार गर्ने त्रिभूवन विश्वविद्यालयको अनैतिक प्रपञ्चप्रति गम्भिर ध्यानाकर्षण भएको समेत जनाएको छ ।

May be an image of text