पूर्वअर्थमन्त्रीमाथि छानबिन प्रकरण : संसदीय समितिको म्याद ७ दिन थपियो

पूर्वअर्थमन्त्रीमाथि छानबिन प्रकरण : संसदीय समितिको म्याद ७ दिन थपियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेका संसदीय विशेष समितिको म्याद थप गरिएको छ ।

तोकिएको समयभित्र काम सपन्न गर्न नसकिने भन्दै समितिले थप ७ दिन म्याद थप्न सभामुख अग्नि सापकोटासमक्ष सिफारिस थियो ।

सभामुख सापकोटाले आजको बैठकमा समितिबाट सिफारिस भएर आएअनुसार ७ दिन म्याद थप्न प्रस्ताव गरेका थिए ।उनको प्रस्तावलाई सदनले अनुमोदन गरेको हो ।

तत्कालिन अर्थमन्त्री शर्मामाथि संसदीय समितिले आज बयान दिएको छ । शर्माले आफुमाथि लागेको आरोपबारे खण्डन गर्दै इन्कारी बयान दिएका छन् । समितिले हालसम्म शर्माविरुद्ध कारबाही अगाडी बढाउने कुनै प्रमाण फेला पार्न सकेको छैन।