काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पार्टीका अध्यरक्ष राजेन्द्र लिङ्देनले संघीयता खारेजीलाई एजेण्डा बनाएर चुनावमा जाने प्रस्ताव गरेका छन् ।
बिहीबारबाट काठमाण्डुमा सुरु भएको केन्द्रीय समितिको बैठकमा अध्यक्ष लिङदेनले राजनीतिक प्रतिवेदनमार्फत संघीयता खारेजीको पक्षमा राप्रपालाई बलियोसँग उभ्याउने प्रस्ताव गरेका हुन् । उनले तीन तहको संघीयतालाई खारेज गरी केन्द्र र बलियो स्थानीय तहको व्यवस्था कायम गर्नुपर्ने ठहर गरेका छन् ।
‘आगामी संघ र प्रदेशको चुनावमा राप्रपाले यी विषयलाई जोडदार रूपमा उठाउने छ,’ उनले भनेका छन्, ‘समय छँदै हाल कायम संरचनागत कमी(कमजोरी र असफलतालाई सम्बोधन गर्न, विश्वव्यापी अनुभव, सफलतम प्रजातान्त्रिक अभ्यास र नेपाली आवश्यकताको आधारमा, संविधानले दिएको अधिकारको प्रयोगमा गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको खारेजी आवश्यक भएको छ ।’
प्रतिवेदनमा प्रजातन्त्रको रक्षा, भ्रष्टाचारको अन्त्य र देशमा स्थीरता कायम राख्न संविधानभित्र परिवर्तन अपरिहार्य भएको उल्लेख छ । राजसंस्था र हिन्दू राष्ट्र पुनस्स्थापनाको पक्षमा राप्रपा कृतसंकल्पित रहेको लिङ्देनले उल्लेख गरेका छन् ।
यस्तो छ राजनीतिक प्रतिवेदन :




प्रतिक्रिया