केपी ओलीकाे प्रश्न : सबै न्यायालयमा कांग्रेस छन्, अब कहाँ को न्यायाधीश छन् एमालेले पनि खोजी गर्नु ?

केपी ओलीकाे प्रश्न : सबै न्यायालयमा कांग्रेस छन्, अब कहाँ को न्यायाधीश छन् एमालेले पनि खोजी गर्नु ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खोटाङका एम अधिकारीबारे धेरै खोजी नगर्न आग्रह गरेका छन् ।

एमालेको नीति तथा अनुसन्धान प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले राज्यका विभिन्न निकायमा नेपाली कांग्रेसका समर्थक पनि रहेको भन्दै एम अधिकारी नखोज्न आग्रह गरेका हुन् ।

एमालेकाे अर्थ तथा याेजना विभागमा एम अधिकारीको नाम राखेपछि उनी नै गभर्नर महाप्रसाद अधिकारी भएको भन्दै बिरोध भइरहेको थियो । ओलीले आफ्नो दलले एम अधिकारी भन्ने व्यक्ति गभर्नर महाप्रसाद अधिकारी होइन भने पनि कांग्रेसले खोजिरहेको बताए ।

‘नेकपा एमालेले भनिरहेको छ । खोटाङको एम अधिकारी कि के जाति खोज्या खोज्यै छ कांग्रेस, सबैतिर कांग्रेस छन् नि, न्यायालयमा कांग्रेस छन्,’ उनले प्रश्न गर्दै भने, ‘ काँग्रेसका केन्द्रीय विभागका प्रमुख श्रीमान न्यायाधीश छन् कि छैनन ? राजीनामा दिएको त सुनिएन । अब एमालेले पनि कहाँ को न्यायाधीश  छ भनेर खोजी गर्दै हिँड्नु ? ।’