विषयगत समितिका सभापतिहरुको निर्वाचन भाद्र ५ गते हुने

विषयगत समितिका सभापतिहरुको निर्वाचन भाद्र ५ गते हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसदअन्तर्गत प्रतिनिधिसभाका विषयगत समितिका सभापतिहरुको चयन आगामी भाद्र ५ गते हुने भएको छ। प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभा अन्तर्गतका १० वटा विषयगत समितिका सभापतिहरुको निर्वाचन आगामी भाद्र ५ गते मंगलबार तोकिएको जानकारी दिएका हुन्। प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा उनले भाद्र ५ गते मंगलबार बिहान ११ बजे समितिका सभापतिहरुको निर्वाचनको मिति तय गरिएको जानकारी दिए।

यसैबीच, संघीय संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले सभामुख महराको निर्देशन अनुसार प्रतिनिधिसभाका विषयगत समितिका सभापतिहरुको निर्वाचनको मिति तोकिएको सूचना जारी गरेका छन्।

प्रतिनिधिसभामा अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानवअधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, महिला तथा सामाजिक समिति, राज्य व्यवस्था तथा सुशासन समिति, विकास तथा प्रविधि समिति, शिक्षा तथा स्वास्थ्य समिति र सार्वजनिक लेखा समिति गरेर १० वटा विषयगत समिति रहेका छन्।