भीमदत्त पन्तको टाउको कांग्रेसले कटाएको हो: अध्यक्ष ओली

भीमदत्त पन्तको टाउको कांग्रेसले कटाएको हो: अध्यक्ष ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपाका संस्थापक महासचिव पुष्पलालले देखाएको बाटोमा देखाएको बोटामा हिडेर आज यस ठाउँमा पुगेको बताएका छ ।

शनिबार पुष्पलालको ४४ औं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले पुष्पलालका काम र योगदानको प्रेरणा लिएर आज यस ठाउमा आइपुगेको बताएका हुन् । त्यस्तै पुष्पलालले देखाएको बाटोबाट दायाँबायाँ नगर्ने उनको भनाई छ ।

‘पुष्पलालले गरेको संगठन विभिन्न उत्तरचढाव हुदै गंगालालको विरासत, बलिदान, प्रजा परिषदको परिणाम, प्रजा परिषदले देखाएको चेतनाको झिल्को, १९९८ सालमा गठन गरिएको प्रजातान्त्रिक संघको गठन हुदै आज देशको सवैभन्दा संगठित, सचेत, विस्तृत, परिवर्तनकारी र सवैभन्दा सवल शक्ति यो पार्टी नेकपा एमाले भएको छ’, उनले भने ।

उनले विगतदेखि नै सत्ता स्वार्थका लागि नेपाली काँग्रेसले आफ्नै पार्टीका योद्धाहरु मारिँदा समेत सहिद स्वीकार्न र उचित सम्मान गर्न नसकेको आरोप लगाए । त्यसैगरी भिमदत्त पन्तको टाउको नेपाली कांग्रेसले काटेकोसमेत जिकिर गरे ।

‘मात्रिका प्रसाद कोइराला प्रधानमन्त्री छँदा २०१० सालमा भिमदत्त पन्तको टाउको कांग्रेसले कटाएको थियो । त्यसैले कांग्रेसले भीमदत्तलाई सहिद मान्दैन,’