वामपन्थी एकता गर्ने प्रस्तावको प्रतीक्षामा एमाले छैन् : शंकर पोखरेल

वामपन्थी एकता गर्ने प्रस्तावको प्रतीक्षामा एमाले छैन् : शंकर पोखरेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत- नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वामपन्थी एकता गर्ने प्रस्तावको प्रतीक्षामा आफ्नो दल नरहेको बताएका छन् ।

प्रेस चौतारी नेपाल कर्णाली प्रदेश कमिटीले आइतबार वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले अहिले एमालेका लागि गठबन्धन प्रधान कुरा नभएको भन्दै चुनावको बेलामा चुनावी तालमेल तत्कालीन रणनीतिक कुरा भएको बताए ।

उनले वर्तमान गठबन्धन सरकार सुशासनको प्रश्नमा असफल देखिएको आरोप लगाए । आफ्नो स्वार्थका लागि खुलेआम रूपमा सत्ताको दुरूपयोग गर्ने प्रबृत्ति बढेको पोखरेलको भनाई थियो ।

छिटोभन्दा छिटो चुनावको माध्यमबाट गठबन्धनलाई पराजित गर्ने र मुलुकलाई अगाडि बढाउन बलियो राष्ट्रिय शक्तिको रूपमा एमाले सक्षम रहेको महासचिव पोखरेलले बताए ।

एमाले महासचिव पोखरेलले नेकपा (एमाले) र माओवादीबीचको जनमतको अन्तर निरन्तर फराकिलो बन्दै गएको र माओवादी ओरालो यात्रामा रहेको दावी गरे । उनले भने ‘२०६४ सालमा माओवादीले ३० प्रतिशत मत पाएको थियो, एमालेले २२ प्रतिशत । यो ठूलो मतान्तर होइन, अहिले एमालेको ३४ प्रतिशत मत छ माओवादीको १२ प्रतिशत छ । यो चाँही ठूलो मतान्तर हो ।’