हिमालयन बैंकमाथि रकम हिनामिनाको आरोप, बैंकका बिरुद्धमा तीन अर्व रुपैया बिगो दाबी

हिमालयन बैंकमाथि रकम हिनामिनाको आरोप, बैंकका बिरुद्धमा तीन अर्व रुपैया बिगो दाबी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – रकम हिनामिनाको आरोप लगाउदै हिमालयन बैंकका बिरुद्ध म्याक्स मनि एस.डी.एच डिले तीन अर्व रुपैया बिगो दाबी गरेको छ । रिपोर्टर्स क्लब नेपालमा म्याक्स मनि एस. डी.एच डिका लगानीकर्ता अब्दा हमिदले पत्रकार सम्मेलन गरेर सन् २०११ देखि २०१६ सम्म हिमालयन बैंकले झुठो विवरण पेशगरि तीन अर्व बढि रकम भुक्तानि पेश गरेको आरोप लगाउदै उक्त बिगो दाबि गरेका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै म्याक्स मनि एस.डी.एच.डिलेका लगानीकर्ता अब्दा हमिदले बिगत २० वर्षदेखि कारोबार गर्दै आएको यस कम्पनिमा झुठो बिवरण पेश गरेर तीन अर्व रुपैयाँ हिनामिना भएको दाबी गरेका छन् ।

तीन अर्व रुपैया बिगो दाबि गरेको म्याक्स मनिले आफ्नो प्रतिष्ठा माथि आँच आएको भन्दै भ्रमका पछि नलाग्ने समग्र सेवा ग्राहीलाई आग्रह समेत गरेको छ ।

मेलेसियन कम्पनी म्याक्स मनि एस.डी.एच.डिलेका लगानीकर्ता अब्दा हमिदले राष्ट्रबैंकमा आफूले यसका बारेमा निबेदन दिएको बताए । उनले भने,‘हामीले कारबाहीका लागि राष्ट्र बैंकसँग आग्रह गरेका छौं,यदि राष्ट्र बैंकले हाम्रो समस्यालाई समाधान गर्न सकेन भने हामी अदालतमा जान्छौं, अदालति बाटोबाट न्यायको फैसला हुन्छ ।’

कार्यक्रममा जारि गरिएको प्रेस विज्ञप्तीमा भनिएको छ,‘हिमालयन बैंकले म्याक्स मनिसँग स्वनिर्मित पिन नम्बर पेश गरि बढि रकम र कमिशन दाबि गरेको, म्याक्स मनिलाई छलकपट जालसाजि गरि म्याक्स मनिद्धारा पठाईएको पैंसा हिमालय हिसावबाट हटाईएको, हिमालयन बैंकको कारण म्याक्स मनिलाई आर्थिक क्षति भएको छ ।’

विज्ञप्तीमा हिमालयन बैंंकमा जालसाजि गरेर तीन अर्व हिनामिना गर्नेमा कार्यकारी अधिकृत अशोक शम्सेर जबरा, उज्जलराज भण्डारी, अनन्तराज भण्डारी (हाल अन्तै काम गर्ने), यूमा श्रेष्ठ, सन्तोष पराजुली (मेलेसियाका लागि हिमालयन बैंक प्रतिनिधि) लगायतको नाम उल्लेख गरेको छ ।