काठमाण्डु- नेकपा एमालेका महासचिव शंकर पोखरेलले विवाह गरेर आएकै दिन नेपाली नागरिकता दिने कुरा गलत भएको बताएका छन् ।
नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) को काठमाडौंमा जारी आठौं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा बोल्दै महासचिव पोखरेलले भारतीय नागरिकसँग विवाह गरेर जाँदा नेपाली चेलीले भारतको नागरिकता प्राप्त गर्न सात बर्ष पर्खिनुपर्ने तर नेपाल आउने भारतीय महिलले त्यहि दिन नागरिकता प्राप्त गर्ने कुरा गलत भएको बताए ।
उनले गलत व्यवस्था सहितको नागरिकता विधेयक पारीत गरेर सरकारले गलत गरेको भन्दै नेपाली नागरिकता रद्दीको टोकरीमा फ्याँक्ने बस्तु नभएको धारणा राखे ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको हालैको दिल्ली भ्रमणप्रति लक्षित गर्दै महासचिव पोखरेले प्रधानमन्त्री पदका लागि दिल्ली धाउन थाल्नेहरुले राष्ट्रिय स्वाभिमान गिराएको दावी गरे ।
प्रतिगमन भयो भनेर सडकमा हल्ला गर्दै हिंड्नेहरु नै अहिले प्रतिगमनको बाटो हिंडिरहेको पोखरेको भनाई थियो ।




प्रतिक्रिया