जनार्दन शर्मा प्रकरण : प्रहरीको सिलबन्दी फरेन्सिक रिर्पोट मंगलबार खाेलिने

जनार्दन शर्मा प्रकरण : प्रहरीको सिलबन्दी फरेन्सिक रिर्पोट मंगलबार खाेलिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित समितिले गत १४ जेठको सिसिटिभी फुटेजकाे रिपाेर्ट मंगलबार बिहान ८ बजे खाेल्ने भएकाे छ। प्रहरीको फरेन्सिक ल्यावले सिसिटिभी फुटेजको रिपोर्ट आज समितिलाई बुझाएसँगै भाेलि बिहान रिपाेर्ट खाेलिने भएकाे हाे।

करको दर हेरफेर गर्न अनधिकृत व्यक्तिलाई अर्थमन्त्रालय प्रवेश गराएको भनी उठेको प्रश्नबारे छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिले अर्थमन्त्रालयको सिसिटिभी फुटेज मगाएर अध्ययन गरेको थियो ।

अर्थमन्त्रालयले सिस्टम अनुसार रहेको सिसिटिभी फुटेज पठाएको जवाफ दिएपछि छानबिन समितिले जेठ १४ गतेको डिलिट भएको भनी रिकभर गर्न सिस्टम नै नेपाल प्रहरीको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला पठाएको थियो ।

छानबिन समितिका सचिव सुरेन्द्र अर्यालका अनुसार प्रहरीको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाले सोमबार समितिलाई रिर्पोट बुझाएको छ । तर, रिर्पाटमा के छ भनेर हेर्न मंगलबार बिहान साढे ८ बजेसम्म कुर्नुपर्ने उनले बताए ।

‘प्रहरीको सिलबन्दी फरेन्सिक रिर्पोट आइपुगेको छ । मंगलबार बिहान बस्ने बैठकमा समिति सदस्यहरूले सिलबन्दी तोडेर अध्ययन गर्नुहुनेछ,’ सचिव अर्यालले भने । सिलबन्दी रिर्पोटमा लिखित मात्रै छ कि सिसिटिभी फुटेज नै छ भन्नेबारे केही भन्न नसकिने बताइएको छ ।