आगामी निर्वाचन एउटा अवसर हो, एकताबद्ध हुन ढिला नगरौं : राजेन्द्र लिङ्देन

आगामी निर्वाचन एउटा अवसर हो, एकताबद्ध हुन ढिला नगरौं : राजेन्द्र लिङ्देन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली – राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बलियो राष्ट्रवादी शक्तिको अभावमा ठूला राजनीतिक दलले मनपरितन्त्र चलाएकाले यसलाई परास्त गर्न राष्ट्रवादी शक्ति एक हुनु पर्ने बताएका छन् ।

बुधबार धनगढीमा विभिन्न राजनीतिक दल परित्याग गरेका नेताहरूलाई राप्रपामा प्रवेश गराउँदै लिङ्देनले भने, ‘आगामी निर्वाचन एउटा अवसर हो, एकताबद्ध हुन ढिला नगरौं, गल्ती गरेर पछुतो मान्ने छुट देशभक्त राष्ट्रवादी नेता कार्यकर्ता र आम मतदातालाई छैन ।’

षड्यन्त्रपूर्ण ढंगबाट हटाइएको हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापनाका लागि राप्रपालाई बलियो बनाउनुपर्नेमा जोड दिए । एमाले परित्याग गरी राप्रपा प्रवेश गरेका राजेश भण्डारीले इमानदार नेतृत्वको अभावमा समाजको सबै क्षेत्र प्रदुषित बनेको र नेतृत्व परिवर्तन गरेर नयाँ नेतृत्वको रुपमा लिङ्देनको उदय भएपछि राप्रपा आम जनताको आशा, भरोसाको नयाँ राजनीतिक शक्ति बन्ने दाबी गरेका छन् ।