आगामी निर्वाचनसम्म अहिलेकै गठबन्धन अघि बढ्छ,अब दायाँ-बायाँ सोच्नुहुन्न : अध्यक्ष प्रचण्ड

आगामी निर्वाचनसम्म अहिलेकै गठबन्धन अघि बढ्छ,अब दायाँ-बायाँ सोच्नुहुन्न : अध्यक्ष प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनसम्म अहिलेकै गठबन्धनलाई निरन्तरता दिने बताएका छन्।

बिहीबार पार्टी मुख्यालय पेरिस डाँडामा बसेको स्थायी कमिटी बैठकमा राजनीतिक परिस्थितिको ब्रिफिङ गर्दै अध्यक्ष प्रचण्डले अहिलेकै गठबन्धनसँगै चुनावी सहकार्य हुने र त्यसबाट दायाँ बायाँ सोच्न आवश्यक नरहेको बताएका हुन् ।

त्यस्तै उनले कांग्रेससँगै गठबन्धनभित्र रहेर एमालेबाहेकका वामपन्थीहरुको समाजवादी मोर्चा बनाउँन सकिनेबारे समेत पनि जानकारी गराएका थिए । हालको गठबन्धन भित्रकै वापमन्थी दलहरुबीच मोर्चा बन्ने भएपनि पार्टी एकता संयोजन समितिबारे कुरा नटुंगिएको बताएका छन् ।