काठमाण्डु- विवेकशील साझा पार्टीका केन्द्रीय कार्यालय व्यवस्थापन प्रमुख एवंम् प्रशासनिक तथा अर्थ व्यवस्थापन समितिका सभापति दिपक प्रसाद उप्रेतीले पदबाट राजीनामा दिएका छन् । पार्टीका केन्द्रीय सदस्य रहेका उप्रेती पार्टीमा देखिएको पछिल्ला घटनाक्रमले निराश बनेका थिए ।
२०७५ फागुनमा पार्टीको औपचारिक सदस्यता लिएका उप्रेती मध्यपूर्वको सद्भाव समूहको संयोजक, हुँदै २०७७ असोजमा केन्द्रीय सदस्यमा मनोनित भएका थिए।
केन्द्रीय सदस्य नियुक्त भएसँगै केन्द्रीय कार्यालय व्यवस्थापन प्रमुख र त्यसको लगत्तै प्रशासनिक तथा अर्थ व्यवस्थापन समितिको सभापतिको समेत जिम्मेवारी पाएका उप्रेती पार्टीका आन्तरिक विवादहरूमा तटस्थ रहँदै आएका थिए।
पछिल्लो समय राष्ट्रिय दल बाहेक अन्य पार्टीहरूले स्थानीय तहको निर्वाचनमा दलको चुनाव नपाउने कानुनी प्रावधानको विरुद्ध पार्टीको तर्फबाट नेतृत्व गर्दै ३८ दलको मोर्चा बनाएर सङ्घर्षमा उत्रेका उप्रेती पार्टीको आन्तरिक कलहको बाबजुद अन्तिम समयमा किसिमले स्थानीय तह निर्वाचनमा लिसंखु पाखर गाउँपालिकाको अध्यक्ष पदमा प्रतिस्पर्धा गरेका थिए ।
पार्टी अध्यक्ष रवीन्द्र मिश्रले राजीनामा दिएको लामो समय बितिसक्दा पनि नयाँ अध्यक्ष नियुक्त गर्न नसकिरहेको उप्रेतिले राजीनामा दिएका हुन् ।




प्रतिक्रिया