संघीय चुनाव एमाले एक्लै लड्छ, कसैसँग गठबन्धन हुँदैन: उपाध्यक्ष ज्ञवाली

संघीय चुनाव एमाले एक्लै लड्छ, कसैसँग गठबन्धन हुँदैन: उपाध्यक्ष ज्ञवाली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले संघीय चुनाव एमालेले जित्ने बताएका छन् ।

शुक्रबार उपाध्यक्ष ज्ञवालीले धनगढीमा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा हालको गठबन्धनमा अरु पाँच दल थपिए पनि नेपाक एमालेले संघीय चुनाव जित्ने दावी गरेका हुन् ।

संघ र प्रदेशको चुनावमा एमालेले अन्य कुनै दलसँग गठबन्धन नगर्ने उनले बताए । ‘पाँच दलीय गठबन्धन मात्र होइन अरु पाँच दल थपिए पनि एमालेलाई हराउन सक्ने अवस्था छैन,’ उपाध्यक्ष ज्ञवालीले भने ।

उनले नागरिकता सम्बन्धी विधेयक संसदमा पास भएको प्रसंगमा नेपाल जस्तो भूराजनीतिक अवस्थामा रहेको देशमा नागरिकता जस्तो विषय खुकुलो बनाउन नहुने बताएका छन् ।