ज्यान मार्ने उद्याेगमा फरार महिला पक्राउ

ज्यान मार्ने उद्याेगमा फरार महिला पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेकी नुवाकोट देउराली घर भई बालाजु बस्ने ३८ वर्षिया सुशीला तामाङ पक्राउ परेकी छिन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले उनलाई पक्राउ गरेको हो।  २२ बैशाख २०६५ मा सुशिलासहितका व्यक्तिले रुद्रनाथ अधिकारीको हत्या प्रयास गरेका थिए।

खुकुरी, रड तथा भाला प्रहारबाट अधिकारी गम्भीर घाइते भएका थिए। पुरानो रिसिइवीमा उनीमाथि आक्रमण भएको थियो।  सो मुद्दामा सुशिलालाई अदालतले ४ वर्ष ११ महिना ६ दिन कैद सजाय सुनाएकोमा उनी फरार थिइन्। बालाजुबाट पक्राउ परेकी उनलाइ अदालतमा पेश गरेर केन्द्रीय कारागार पठाइएकाे छ ।