राष्ट्रियसभा विषयगत समितिका सभापतिहरूको निर्वाचन भदौ १३ गते

राष्ट्रियसभा विषयगत समितिका सभापतिहरूको निर्वाचन भदौ १३ गते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रियसभाका समितिका सभापतिको निर्वाचन भदौ १३ गते बुधबार बिहान ११ बजे हुने भएको छ। राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले बिहिबारको बैठकमा विशेष कारण देखाइ निर्वाचन भदौ १३ गतेलाई सारिएको जानकारी दिएका हुन्। यसअघि समितिका सभापतिहरूको निर्वाचन भदौ ३ गते तोकिएको थियो।

राष्ट्रिय सभाको बैठकले गत साउन १७ गते ४ वटा विषयगत समिति गठन गरेको थियो। बैठकले दीगो विकास तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति र राष्ट्रिय सरोकार तथा समन्वयन समिति गठन गरेको हो।

दीगो विकास तथा सुशासन समितिमा १४ जना, विधायन व्यवस्थापन समितिमा १४ जना, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा १३ जना र राष्ट्रिय सरोकार तथा समन्वयन समितिमा १४ जना सदस्य मनोनयन गरिएको हो।