बजेट कार्यान्वयन गर्ने अवसर पाए, गठबन्धनलाई धन्यवाद : अर्थमन्त्री शर्मा

बजेट कार्यान्वयन गर्ने अवसर पाए, गठबन्धनलाई धन्यवाद : अर्थमन्त्री शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अर्थमन्त्री जनार्दन शर्माले बजेट कार्यान्वयन गर्ने अवसर दिएको भन्दै गठबन्धनलाई धन्यवाद दिएका छन् ।अर्थमन्त्रालयमा आइतबार पदभार ग्रहणपछि गठबन्धनका नेताहरूको नामै लिएर उनले धन्यवाद ज्ञापन गरेका हुन् ।

“चालु आर्थिक वर्षको बजेट कार्यान्वयन गर्न अवसर दिनुभएकोमा प्रधानमन्त्री, मेरा अध्यक्ष प्रचण्ड र गठबन्धन दलका नेताहरूलाई धन्यवाद दिन चाहान्छु,” उनले भने, “मेरो गत वर्षका बजेटमा हाम्रो कहाँ कहाँ कमजोरी भयो त्यसलाई समीक्षा गरेर हामी यो वर्षको बजेट कार्यान्वयनमा जुट्नेछौँ ।”

‘यो नयाँ आर्थिक वर्ष भर्खरै प्रारम्भ भएको छ । बजेट पारित भएर कार्यान्वयनको चरणमा छौं त्यसको उद्देश्य र सिद्धान्त, आयात प्रतिस्थापन गर्नु र स्वदेशको उद्योग बढावा दिने रहेको छ । त्यसलाई कार्यान्वयन गर्नेतर्फ लाग्नुपर्छ,’ शर्माले भने । उनले विश्वको अर्थमन्त्रमा युद्धको कारण समस्या देखिएकाले त्यसको असर नेपालमा नपरोस भनेर नेपाली अर्थतन्त्रलाई सबलीकरण गर्न आवश्यक रहेको छ ।