विप्लवलाई थुन्न खोज्नु राजनीतिक बेइमानी हो: शंकर पोखरेल

विप्लवलाई थुन्न खोज्नु राजनीतिक बेइमानी हो: शंकर पोखरेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले जनताको पक्षमा काम गर्न नसकेको बताएका छन् ।

बुधबार दाङको तुलसीपुरमा प्रेस चौतारी नेपाल दाङ शाखाले आयोजना गरेको पत्रकार सम्मेलनको बोल्दै उनले हालको सरकारले राष्ट्रको हितका लागि काम गर्न नसकेको दावी गरेका हुन् ।

‘ यो सरकारले अहिले न राष्ट्रको हितको लागि काम गर्न सकेको छ। न त जनताको पक्षमा काम गर्न सकेको छ। त्यसैले यो गठबन्धनको सरकार पूर्ण रुपमा असफल भएको प्रष्ट भएको छ,’ नेता पोखरेलले भने ।

त्यस्तै उनले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव लगायतका नेताहरूविरुद्ध अनुचित खालको मुद्दाहरू लगाउने कुरा उचित नहुने बताए ।

उनले विप्लव नेतृत्व पार्टीलाई केपी शर्मा ओली नेतृत्व सरकारले मूल धारको राजनीतिमा ल्याएको भन्दै उनीहरूमाथि अनुचित मुद्दाहरू लगाउने खालको कुरा उचित नहुने पनि प्रष्ट पारे ।

‘शान्तिपूर्ण प्रक्रियामा आइसकेपछि खुला राजनीतिमा आइसकेपछि पुरा मुद्दा लगाउन उचित होइन। तर, खुला राजनीतिमा आएर पनि गैरकानुनी काम गरे दण्डको भागिदार हुनुपर्छ।’ पोखरेलले भने ।