गगन थापा र बालेन्द्र साहबीच भेटवार्ता, के भयो छलफल ?

गगन थापा र बालेन्द्र साहबीच भेटवार्ता, के भयो छलफल ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र काठमाण्डु महानगरका मेयर बालेन्द्र साहबीच भेटवार्ता भएको छ ।

मेयर साहसँगको भेटमा काठमाण्डुको फोहोर व्यवस्थापनका विषयमा कुराकानी भएको महामन्त्री थापाले जानकारी दिए ।

बुधबार महानगर प्रमुख साहसँग फोहोर व्यवस्थापनसँगै सम्पदा संरक्षण, सार्वजनिक यातायात व्यवस्थापनका विषयमा छलफल भएको उनले बिहीबार जानकारी दिए ।

‘हिजो काठमाण्डु महानगर प्रमुखज्यूसँग काठमाण्डुको फोहोर मैलाको व्यवस्थापन, सम्पदा संरक्षण, सार्वजनिक यातायात व्यवस्थापन,सहरी स्वास्थ्य सेवा लगायतका विषयमा अर्थपूर्ण छलफल भयो । काठमाण्डुको महानगरको सकारात्मक पहलकदमीमा मेरो निरन्तर साथ रहनेछ,’ उनले भने ।