नागरिकता विधेयकले एनआरएनको हितलाई जोड दिएको छ : अध्यक्ष प्रचण्ड

नागरिकता विधेयकले एनआरएनको हितलाई जोड दिएको छ : अध्यक्ष प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुषपकमल दाहाल प्रचण्डले नागरिकता विधेयक एनआरएनको हितमा हुने गरी ल्याइएको बताएका छन् ।

नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा सहभागी हुन जापान पुगेका अध्यक्ष प्रचण्डले सञ्चारकर्मीसँग कुराकानी गर्दै भने-‘नागरिकताको एनआरएनसँग सम्बन्धित जो विषय थियो, संविधानमा हामीले नै पहल गरेर राखियो र अहिले यो विधेयक हामी अगाडि बढाउँदैछौं । त्यसमा पनि एनआरएन नेपालीहरु जो विदेशमा छन् उनीहरुको हितलाई बढी ध्यान दिइएको छ।’

साथै उनले जापान विश्वकै लागि प्रेरणाको स्रोत रहेको पनि बताए । उनले भने- ‘जापान हामी सबैको प्रेरणाको स्रोत हो । जसरी युद्धबाट प्रभावित भएको देश आफ्नै मेहनतले यति माथि आउन सक्दो रहेछ भन्ने उदाहरण जापान भएको हुनाले यो प्रेरणा लिनु पनि हो ।’

नेतृत्वले इमान्दार प्रयास गर्यो भने नेपालमा विकास निर्माण सम्भव भएको र आफ्नो जोड पनि विकास निर्माणमा नै रहेको प्रचण्डले बताए ।