परराष्ट्रमन्त्री खड्का र चिनियाँ समकक्षीबीच भेटवार्ता, नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध

परराष्ट्रमन्त्री खड्का र चिनियाँ समकक्षीबीच भेटवार्ता, नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  चीन भ्रमणका रहेका परराष्ट्रमन्त्री डा. नारायण खड्का र चिनियाँ विदेश मन्त्री वाङ यीबीच भेटवार्ता भएको छ । परराष्ट्रमन्त्री खड्काको नेतृत्वमा रहेको नेपाली टोली र वाङको नेतृत्वमा रहेको चिनियाँ टोलीबीच सान्तोङ प्रान्तको छिङ्ताओमा द्धीपक्षीय भेटवार्ता भएको हो । मन्त्री खड्का मंगलबार चीन प्रस्थान गरेका थिए ।

भेटवार्ता सौहार्दपूर्ण र फलदायी भएको बताइएको छ । दुई मन्त्रीले नेपाल-चीन सम्बन्धका विविधि पक्षका विषयमा छलफल भएको र पारस्परिक हितका विषयमा सहकार्य गरेर अघि बढ्ने सहमति भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

चीन भ्रमणमा परराष्ट्रमन्त्री खड्काले नेपालको एक चीन नीतिप्रति प्रतिबद्धता जनाएका छन्। उनले चीन बिरोधी कुनै पनि गतिबिधी हुन नदिने प्रतिबद्धता पनि ब्यक्त गरेका छन्। ताइवानसँगकाे बढ्दाे तनावमा नेपालकाे साे स्पष्ट धारणालाई चीनले प्रसंशा गरेको छ । ‘पछिल्लो समय नेपालले एक चीन नीतिलाई लिएर सार्वजनिक गरेको धारणालाई लिएर उनीहरू खुसी थिए र प्रसंशा गरे’ बैठकमा सहभागी एक अधिकारीले भने ।

नेपाल सरकारले परराष्ट्र मन्त्रालयमार्फत् नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको टिप्पणी गरेपछि चीन खुसी भएको हो । चिनियाँ विदेशमन्त्री वाङ यीबाट निमन्त्रणा पाएको नौ महिनापछि परराष्ट्रमन्त्री खड्का उत्तरी छिमेकीको औपचारिक भ्रमणमा निस्केका हुन् ।