कांग्रेसले एसपीपी अर्को ढंगले अघि बढाउन खाेजेकाे छ : खगराज अधिकारी

कांग्रेसले एसपीपी अर्को ढंगले अघि बढाउन खाेजेकाे छ : खगराज अधिकारी

एक्लाएक्लै लडे कांग्रेसले एक सिट पनि जित्दैन्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका नेता खगराज अधिकारीले कांग्रेसले एसपीपी अर्को ढंगले अघि बढाउन खोजेको आरोप लगाएका छन् । बिहीबार काठमाण्डुमा आयोजित कार्यक्रममा अधिकारीले उक्त कुरा बताएका हुन् ।

त्यस्तै उनले मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा दलहरु एक्लाएक्लै लडे आफ्नो पार्टीले एक्लै दुई तिहाई बहुमत नल्याए राजनीतिबाट सन्यास लिने समेत बताएका छन् ।

अधिकारीले भने,‘एक्लाएक्लै लडे कांग्रेसले एक सिट पनि जित्दैन् । अब कांग्रेस एक्लै लड्न नसक्ने भयो । कांग्रेस एक्लै लड्न आओस्, हामी दुई तिहाईभन्दा बढि सिटमा जित्छौं । यदि हामीले दुई तिहाईभन्दा बढि सिट जितेनौं भने म राजनीति छोडिदिन्छु ।’

उनले अहिलेको सरकारको कारण देश जटिल अवस्थामा पुगेको सुनाए । उनले भने,‘पेट्रोलियम पदार्थको मूल्यको कुरा गर्दा, घटाउनुपर्ने बेलामा १५, १५ दिनमा मूल्य समायोजन हुनुपर्नेमा अहिलेसम्म गरेको छैन । यसले प्रत्यक्ष रुपमा जनता महँगीको मारमा परेका छन् ।

एक्सपोर्ट–ईम्पोर्टमा आधारित हाम्रो अर्थतन्त्रलाई हामीले उत्पादनको वृद्धि गरेर, स्वदेशी पुँजी निर्माण गरेर दलाल पुँजीलाई विस्थापित गर्न खाजेका थियौं । संघीयतालाई गतिलो तवरले कार्यान्वयन गर्नुपर्छ ।

उनले देशको परराष्ट्र नीतिमा अहिले गम्भीर चूनौति खडा भएको सुनाए । उनले भने,‘एकाबिहानै हाम्रो राष्ट्रको अस्तित्वमाथि चूनौति आउने त होइन भनेर अहिले चिन्ता बढेको छ, ताइवान नजिकै त्यस्ता घट्ना जो भइरहेका छन्, त्यसले अन्तर्राष्ट्रिय शक्तिको खेलमैदान नेपाल नहोस् भनेर हामी सचेत भएर जानुपर्छ । कहीँ हामी असंलग्न परराष्ट्र नीतिबाट विचलित त छैनौं ? भन्ने पनि प्रश्न उठेको छ ।’ उनले अब सबै विषयमा राष्ट्रिय सहमति कायम गरेर जानुपर्नेमा जोड दिए ।