सुर्खेत – कर्णाली प्रदेशका नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री वीरबहादुर शाहीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेशका प्रमुख तिलक परियारसमक्ष आइतबार मन्त्री शाहीले पदको शपथ लिएका हुन् ।
यसअघि मन्त्री रहेका गैरसांसद कार्चेन लामाको ६ महिने कार्यकाल सकिएसँगै डोल्पाबाट निर्वाचित सांसद शाहीलाई मन्त्री बनाउन माओवादी केन्द्रले सिफारिस गरेको थियो ।




प्रतिक्रिया