काठमाण्डु – सत्तारुढ गठबन्धनकाे बैठकले काठमाण्डु उपत्यकाको फोहोर व्यवस्थापनमा आवश्यक पहल गर्न सरकारलाई सुझाव दिएको छ ।
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले उपत्यकामा केही दिनदेखि फोहोर व्यवस्थापन हुन नसकेको भन्दै सरकारलाई सुझाव दिएको हो ।
बाटो बिग्रिएका कारण पछिल्लो समय काठमाण्डुको फोहोर बञ्चरेडाँडासम्म पुर्याउन सकिएको छैन। पानी परेपछि फोहोर सडकमै बगेको देखिन्छ ।काठमाण्डु उपत्यकाको फोहोर विसर्जन गर्ने गरिएको नुवाकोट र धादिङको सीमा क्षेत्रमा रहेको बन्चरेडाँडामा स्थानीयले अवरोध गरेपछि सडकमा फोहोर थुप्रिएको छ ।
महंगी नियन्त्रणका लागि बजार अनुगमन गर्न संयन्त्र बनाउन गठबन्धनले सरकारलाई सुझाव दिएको छ । बैठकमा मंसिर ४ मा हुने चुनावलगायत समसामयिक राजनीतिबारे पनि छलफल भएको थियो।




प्रतिक्रिया