गठबन्धनका उम्मेदवारलाई जिताउने गरी चुनावमा खटिन जनप्रतिनिधिलाई देउवाको निर्देशन 

गठबन्धनका उम्मेदवारलाई जिताउने गरी चुनावमा खटिन जनप्रतिनिधिलाई देउवाको निर्देशन 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीय निर्वाचनमा कांग्रेसले राम्राे नतिजा ल्याउँने बताएका छन् ।

सोमबार पार्टीका तर्फबाट स्थानीय तहका जनप्रतिनिधिहरुको अभिमुखीकरण कार्यक्रममा बोल्दै देउवाले आगामी मंसिर ४ गते हुने संघ र प्रदेशसभाको निर्वाचनमा कांग्रेसले राम्रो नतिजा ल्याउँने बताएका हुन् ।  त्यसैगरी उनले संघीय निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउने गरी खटिन कांग्रेसको तर्फबाट स्थानीय तहका जनप्रतिनिधिहरूलाई निर्देशन दिएका छन् ।

‘स्थानीय निर्वाचनमा कांग्रेसले राम्रो नतिजा हात पारेको थियो । अब हाम्रो ध्यान मंसिर ४ मा छ । मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका राम्रो परिणाम आउनेछ ।’, देउवाले भने, ‘स्थानीय निर्वाचनमा पनि गठबन्धन गरेर जाँदा राम्रो परिणाम आएको थियो । अब पनि गठबन्धन गरेर जाने दलहरूबीच सहमति भइसकेको छ । गठबन्धनलाई सँगै सँगै लिएर जानुछ । गठबन्धनका उम्मेदवारलाई विजयी गराउने गरि चुनावी तयारीमा लाग्नुस् ।’

देउवाले पार्टीमा कसैलाई काखा र पाखा नगरिने स्पष्ट दावी गरे ।  उनले एमसीसीबारे व्यापक भ्रम सिर्जना गर्ने काम भएको भन्दै त्यसलाई चिर्ने गरी काममा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

‘साथीहरूले जनताको दिल जित्नुपर्छ । गाउँमा सिंहदरबारको अधिकार पुगिसकेको छ । सिंहदरबारको अधिकार गाउँ पुगेको जनताले महसुस गर्ने गरी काम गर्नुस् । एमसीसीबारे व्यापक भ्रम सिर्जना गर्ने काम भएको छ । त्यसलाई चिर्ने गरी काममा लाग्नुहोस् ।’, देउवाले भने ।