बाबुराम र वामदेव माओवादी केन्द्रकाे चिह्नबाट चुनाव लड्ने

बाबुराम र वामदेव माओवादी केन्द्रकाे चिह्नबाट चुनाव लड्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- राष्ट्रिय सभा सदस्य वामदेव गौतमले आगामी निर्वाचनमा नेकपा (माओवादी केन्द्र)को चिन्ह लिएर उठ्ने भएका छन्।

मंगलबार बसेको माओवादी स्थायी कमिटी बैठकले मंसिर ४ गते हुने संघ र प्रदेशसभाको निर्वाचनमा बाबुराम भट्टराई नेतृत्वको नेसपा र वामदेव नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानलाई चुनाव चिह्न प्रयोग गर्न दिने निर्णय गरेको हो ।

भट्टराई र वामदेवलाई चुनाव चिह्न प्रयोग गरेर निर्वाचन लड्न दिने औपचारिक निर्णय भएको माओवादी केन्द्रका आमन्त्रित स्थायी समिति पेशल खतिवडाले बताएका छन् ।