कांग्रेसले पनि ग‍रायो निर्वाचन आयोगमा दल दर्ता

कांग्रेसले पनि ग‍रायो निर्वाचन आयोगमा दल दर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसले संघीय तथा प्रदेश निर्वाचनमा सहभागि हुनको लागि निर्वाचन आयोगमा दल दर्ता गरेको छ ।

आयोगले मंसिर ४ गते हुने संघीय निर्वाचनमा सहभागी हुने दलहरूका लागि आजैसम्म दल दर्ताको लागि समय दिएको थियो । काँग्रेसले अन्तिममा मंगलबार दल दर्ता गरेको हो ।

केन्द्रीय समितिमा ३३ प्रतिशत महिला सहभागिता नहुँदा काँग्रेसले ढिलो गरी दल दर्ता गरेको जनाइएको छ । दल दर्ताका लागि पार्टीका उपसभापति धनराज गुरुङ आयोगमा गएका थिए ।