काठमाण्डु- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संघीय चुनाव झापाबाटै लड्ने बताएका छन् । बुधबार सामाजिक सञ्जाल ट्विटरमार्फत् चुनावबारे प्रस्ट्याउँदै उनले आफू काठमाण्डुबाट चुनाव नलड्ने बताएका हुन् ।
‘उम्मेदवार बन्न चाहँदा गठबन्धनका अर्का मित्रलाई सम्मानसाथ साथमा लिएर, झापामै उम्मेदवार बन्नेछु । प्रेम उता, घरजम यता कुरै हुन्न ।’, शर्माले ट्वीटरमार्फत भनेका छन् ।
शर्मा अघिल्लोपटक झापा क्षेत्र नम्बर १ मा वाम गठबन्धनका उम्मेदवार सुरेन्द्र (राम) कार्कीसँग पराजित भएका थिए ।




प्रतिक्रिया