काठमाण्डु- नेकपा माओवादी केन्द्रले बिहीबार पदाधिकारीको टुंगो लगाउने तयारी गरेको छ । बुधबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले पार्टी पदाधिकारीसहित सांगठनिक कमिटीलाई पूर्णता दिने निर्णय गरेको होे ।
आजको बैठकमा केन्द्रीय कमिटीमा थप्नुपर्ने केही सदस्य, पोलिटब्युरो र स्थायी कमिटीलाई पूर्णता दिँदै पदाधिकारी टुंग्याउनेगरी छलफल भएको प्रवक्ता कृष्णबहादुर महराले बताए ।
‘आजको बैठकमा केन्द्रीय कमिटीमा थप्नुपर्ने केही सदस्य, पोलिटब्युरो र स्थायी कमिटीलाई पूर्णता दिँदै पदाधिकारी टुंग्याउनेगरी छलफल भयो । अब पदाधिकारी भोलि नै टुंग्याउछौँ ।’, बैठकपछि महराले भने ।
गत पुसमा माओवादी केन्द्रको महाधिवेशन भएपनि पदाधिकारी टुंग्याउन सकेको थिएन ।




प्रतिक्रिया