काठमाण्डु—नेकपा माओवादी केन्द्रले पदाधिकारीको टुंगो बिहिवार लगाउने भएको छ । बुधबार बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले ४१ सदस्यीय स्थायी समितिमा रहने नेताहरुको नाम टुंगो लगाएको थियो ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बुधवारको बैठकमा सिनियरबाट महासचिव बनाउने संकेत गरिसकेका छन् । माओवादीमा १२५ जनाको पोलिटब्युरो, २६ जना बैकल्पिक पोलिटब्युरोसहित ३४१ जनाको केन्द्रीय समिति रहने टुंगो लागिसकेको छ ।
माओवादीमा महासचिवमा नेताहरुबीच कुरा नमिल्दा महाधिवेशन सम्पन्न भएको लामो समयसम्म पदाधिकारी चयन हुन सकेको थिएन । नेताहरु वर्षमान पुन,शक्ति बस्नेत, जनार्दन शर्मा र पम्फा भुसालले महासचिवमा दावी गरेका थिए । तर, दाहालले दावेदारहरु कसैलाई महासचिव नबनाउने टुंगो लागेको माओवादी स्रोत बताउंछ ।
‘उहांले सोझो र आफुलाई थ्रेट नहुने खालको नेतालाई महासचिव बनाउन खोज्नुभएको छ । त्यसैले अहिलेका दावेदारभन्दा बाहिरबाट महासचिव बनाउने सम्भावना बढी छ ।’ माओवादी केन्द्रका एक स्थायि समिति सदस्यले भने ।
दाहालको महासचिव बनाउने अन्तिम सुचिमा स्थायि समिति सदस्यहरु देव गुरुङ, पम्फा भुसाल र शक्ति बस्नेत परेका छन् । तर, तिमध्ये सबैभन्दा बढी गुरुङकै सम्भावना रहेको दाहाल निकट स्रोतले भन्यो ।
माओवादीमा एमसीसीको चर्को विरोधमा उत्रिएका नेता गुरुङलाई महासचिव बनाएर अरु नेताहरुलाई पदाधिकारी समेट्ने तयारी छ । अहिले महासचिव दावि गरेका नेताहरुलाई सचिव बनाउने सम्भावना छ । गुरुङ यसअघि पार्टी विभाजन गरेर मोहन वैद्य किरण, नेत्रविक्रम चन्द र रामबहादुर थापाको पार्टीमा लागेका थिए ।




प्रतिक्रिया