काठमाण्डु – नेकपा एमाले सचिव प्रदीप ज्ञवालीले नागरिकता विद्येयकमा जर्वजस्ती नगर्न सत्तारुढ दलका नेताहरुलाई चेतावनी दिएका छन् । बिहिवार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेता ज्ञवालीले बहुमत छ भन्दैमा जबर्जस्ती गरे त्यसको परिणाम राम्रो नहुने चेतावनी दिए ।
उनले भने ‘सत्तारुढ दलसंग बहुमत छ भन्दैमा यो ‘हेड काउन्ट ’ गर्ने विषय हैन । राष्ट्रपतिले दिएको समयको हामिले अवसर गर्नुपर्छ । यसमा समाज विभाजित भयो भने परिणाम नराम्रो हुन सक्छ । ’
एमाले उपमहासचिव समेत रहेका नेता ज्ञवालीले नागरिकता विधेयकलाई सर्वस्वीकार्य दस्तावेज बनाउनुपर्नेमा जोड दिए ।




प्रतिक्रिया