माओवादी केन्द्रले आज पनि पदाधिकारी टुंग्याउन सकेन

माओवादी केन्द्रले आज पनि पदाधिकारी टुंग्याउन सकेन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रले पदाधिकारी टुंगो लगाउन भन्दै बोलाएको स्थायी कमिटी बैठक विना निष्कर्ष सकिएको छ ।

आज बिहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा छलफल भएको तर पदाधिकारी अझै टुंगो नलागेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

‘पदाधिकारीको विषय, कार्यक्रमको विषयमा विस्तृत र गम्भीर छलफल भयो । तर, पदाधिकारीको विषय अहिलेसम्म मूर्तरूपले टुंगिएन,’ महराले भने, ‘भोलि १ बजे फेरि बस्ने गरी आज टुंगिएको छ । छलफल लगभग टुंगिएको छ । खाली अन्तिम निष्कर्ष मात्रै बाँकी हो ।’

माओवादीले गत पुसमा महाधिवेशन गरेपनि अहिलेसम्म पदाधिकारी चयन गर्न सकिरहेको छैन।