काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जस्तोसुकै साँठगाँठ र गठबन्धन गरे पनि मंसिर ४ को चुनावमा एमाले एक्लैले बहुमत ल्याउने बताएका छन् । तीन दिनका लागि शुक्रबार गृहजिल्ला झापा पुगेका अध्यक्ष ओलीले जस्तोसुकै साँठगाँठ र गठबन्धन गरे पनि मंसिर ४ को चुनावमा एमाले एक्लैले बहुमत ल्याउने बताएका हुन् ।
सत्ता गठबन्धनमा रहेका दलहरू एमालेसँग एक्ला–एक्लै चुनावमा प्रतिस्पर्धा गर्ने हिम्मत नराख्ने भएकाले पाँचले नपुगेर आठ,दश दलीय गठबन्धन बनाउन लागेको समेत उनले टिप्पणी गरे।
‘कमजोरहरु गठबन्धन गर्दैछन्। एमालेसँग एक्लै चुनाव लड्ने हिम्मत नभएकाहरु साँठगाँठ गर्दैछन्। अपवित्र साँठगाँठको नाम हो–गठबन्धन। अहिले गठबन्धनमा ८–१० वटा पुर्याउने भन्दैछन्’, अध्यक्ष ओलीले भने, ‘अरु पनि मान्छे खोजे हुन्छ। त्यो गठबन्धनमा कति वटा पार्टी पुगे हामीलाई मतलब छैन। उनीहरूको गठबन्धनमा सामेल हुने कतिपय पार्टीहरुसँग आज हाम्रो पार्टीमा प्रवेश गरेका जति पनि मान्छे छैनन्।’
पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले आगामी आम निर्वाचनमा पार्टीले बहुमत ल्याउने गरी परिचालित हुन कार्यकर्तालाई निर्देशन पनि दिए। ‘तपाईंहरू उच्च मनोबलका साथ जनताको घर–घर जानुहोस्।




प्रतिक्रिया