प्रदीप गिरीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगे प्रचण्ड

प्रदीप गिरीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगे प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरीको स्वास्थ्य अवस्था बुझ्न ललितपुरस्थित मेडिसिटी अस्पतालमा पुगेका छन् ।

उक्त अवसरमा चिकित्सकहरुले गिरीको स्वास्थ्य अवस्था स्थिर रहेको बताएका छन् । गिरीलाई भेन्टिलेटरमा राखेर उपचार गरिए पनि स्वास्थ्यमा सुधार आउन नसकेको चिकित्सकले बताएका छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि एक साताभन्दा लामो समयदेखि गिरी ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारत छन्। उनी घाँटीको क्यान्सरसम्‍बन्धी समस्याबाट पीडित छन्।